काठमाडौं – अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’ मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।
दक्षिण कोरियाको सउल शहरमा आयोजना हुने अवार्डमा कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले सहभागी गराउन लागेको हो । नेपाल लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले उनले टाइटलसमेत नेपाल भित्र्याउने विश्वास आफूलाई भएको बताए ।
२० देखि २४ अक्टुबरसम्म आयोजना हुने अवार्डमा २५ राष्ट्रबाट छानिएका ४५ उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’की फष्ट रनर अप विजेता हुन् ।
बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलिक र राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् ।
देशको कलासंस्कृती अन्तराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले अवाडमा आफु सहभागी हुन लागेको खड्काले बताइन् ।